
२१ आषाढ २०७८, सोमवार
मलेसियाले नेपाल सगै वंगलादेश,पाकिस्तार जस्ता मुलुकहवाट आउने यात्रुलाई २१ दिनको क्वारेन्टिन अनिवार्य गराएकोछ ।
मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका कोभिडको डेल्टा भेरिएण्टलाई फैलनवाट रोक्नको लागि यस्तो निर्णय गरिएको हो ।
अहिले मलेसियाले सवै मुलुकबाट आउने यात्रुले तीन दिन भित्र गरिएको पिसिआर रिपोर्टलाई अनिवार्य गराएको छ भनें मलेसिया आइपुगे पछि अनिवार्य पिसिआर गर्नुपर्ने हुन्छ ।
यतिवेला नेपालवाट मलेसिया जानको लागि निकै झण्झटिलो भएका कारण नेपाली मलेसिया जान खोजाीरहेका छैनन ।
यता विदामा घर आएका श्रमिक मलेसिया जान सकिरहेका छैनन । मलेसिया सरकारले खोप लगाएको प्रमाण देखाएर मात्र आफनो देशमा प्रवेश दिने भएपछि हजारौश्रमिकको मलेसियामा रहेको नोकरी टुटन थालेको छ ।