२१ आषाढ २०७८, सोमवार

रोजगारीको लागि साउदी अरव पुगेका एक नेपालीको मृत्यु भएको छ ।

साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।

महरा उक्त कम्पनीमा करीव १६ वर्ष अगाडि देखि कार्यरत रहेका थिए ।

उनमा केहि समय अगाडि उच्च रक्तचाप देखिएपछि कम्पनीले उपचारको लागि अस्पतालमा भर्ना गरेको थियो । उपचारमा सुधार आएपछि उनी नेपाल फर्कने तयारी गरिरहेका थिए ।

कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि उनी घर फर्कन सकेका थिएनन । मृतक महराका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर