२० आषाढ २०७८, आइतवार

गैर आवासिय नेपाली सघ मलेसियाको आउदो कार्यकालको लागि सचिव पदमा रविलाल अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन ।

यस अघि एनआरएनए क्षेत्रीय शाखा जोहरको २०१७–२०१९ कार्यकालमा अध्यक्ष र २०१९–२०२१ मा युवा संयोजक को जिम्मेवारी निभाएका अधिकारीले आफु यसपटक सचिव पदमा उम्मेदवारी दिन लागेको वताए ।

एनआरएन मलेसियाभित्र व्यापक राजनीति हुन थालेकोप्रती चिन्ता ब्यक्त गर्दै श्रममैत्री वनाएर नेपाली श्रमिक हरुमाझ रहि उनीरुको हक हितमा काम गर्ने इच्छा भएकोले आफुले उम्मेद्बारी दिन लागेको उनले वताए ।

अधिकारी नेपाली श्रमिकहरुका विचमा निकै लोकप्रिय मानिन्छन । उनले मलेसिया करीव पन्ध्र वर्ष विताएका थिए । हाल उनले मलेसिया र नेपालमा ब्यापार गरिरहेका छन ।
एनआरएनए मलेसियाको अधिवेशन जुलाई २५ तारिखका दिन हुदैछ । अधिवेशन नजिकिदै गर्दा विभिन्न पदका लागि इच्छुकले उम्मेदवारीको घोषणा गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर