
१९ आषाढ २०७८, शनिवार
पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा कुल ७ हजार ९ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन्
। तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।