
१८ आषाढ २०७८, शुक्रवार
लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले आज राजीनामा पठाएकी छन् ।
पार्टी बैठकको निम्ति काठमाण्डौमा रहेका मुख्यमन्त्री शंकर पोखरेलको नाममा पठाइएको राजीनामा पत्रमा ‘आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको’ उल्लेख छ ।