
युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इ–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
यो सम्झौतासँगै नेपालीले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानबाट सहजै इ–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।
योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सकोे डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढी मान्यता दिएको छ।
यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशमा रेमिट्यान्सकोे क्षेत्रमा ठूलो सहयोग पुग्नेछ।
रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवाप्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ।
रिया मनी ट्रान्सफरका ग्लोबल सिईओ शौन फिल्डरले भने, ‘हामी नेपालमा इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ।’
एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले वैकल्पिक भुक्तानी सेवा प्रदान गर्नुका साथै विश्वभरि रहेका नेपालीका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहित रहेको बताए।
उनले भने, ‘अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुंगा हो।’