
पाल्पामा निषेधाज्ञा थप १० दिन थप गरिएको छ । १२ गते सम्म जारी निषेधाज्ञा असार २२ गते सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
विहान ७ देखि ११ बजे सम्म खुल्दै खुल्ला रहेको बजार अब देखि एक घण्टा बढाएर दिउँसो १२ बजे सम्म खुल्ने भएको छ ।
होटेल र यातायात भने सञ्चालनमा नआउने भएका छन ।
विहानको समयमा खुल्दै आएको बैंक अब भने विहान १० देखि ५ बजे सम्म खुल्ला हुने भएको छ ।