देशव्यापी रुपमा बढ्दै गएको हत्याका घण्टा नियन्त्रणको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रहरीलाई थप बजेट प्रदान गर्नेसहितको योजना सार्वजनिक गरेका छन् । बन्दुक नियन्त्रणमा पर्याप्त कदम नचालिँदा हत्याका घटनाहरु बढेको उनले बताएका छन् ।

कोरोना भाइरस राहत कोषको प्रयोग गरेर अपराधको दर उच्च रहेको क्षेत्रका अधिकारीहरुले थप सुरक्षाकर्मी भर्ती गर्न सक्ने बाइडेनले बताएको अमेरिकी सञ्चारमाध्यममा उल्लेख छ ।

https://amzn.to/4myfPN5

बाइडेनको अपराध नियन्त्रण सम्बन्धी रणनीतिमा बन्दुकका डिलर तथा फायरआर्म्सका तस्करहरुमाथि निगरानी बढाउने र नियन्त्रण कायम गर्ने उल्लेख छ ।

रिपब्लिकनहरुले अपराध नियन्त्रणमा बाइडेन कमजोर रहेको आरोप लगाउँदै आएका बेला थप बजेटसहितको व्यवस्था घोषणा भएको हो ।

तर आफ्नै पार्टी डेमोक्र्याटिक भित्रका वामपन्थी विचारधारका केही नेताहरुले प्रहरी प्रशासन नै भंग गर्नु पर्ने माग पनि गरेका थिए ।

बाइडेनले बुधबार ह्वाइट हाउसमा आफ्नो पाँच बुँदे रणनीतिको घोषणा गरेका हुन् ।

बाइडेनले विभिन्न शहर तथा राज्यहरुलाई कोरोना राहत कोषबाट ३५० बिलयन डलर रकम प्रहरी बल बिस्तारसहितका सर्वसाधारणको सुरक्षाका लागि प्रयोग गर्न अपील गरेका छन् ।

उनले आवश्यक परेमा प्रहरीको संख्या महामारी पूर्वको अवस्था भन्दा पनि धेरै बनाउन सक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर