
मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । २७ जुनमा हिमालय एयरलाइन्सले क्वालालाम्पुर एक उडान गर्नेछ ।
लामो समय देखी मलेसिया आउन जान नपाएका यात्रुहरुलाइ सहज बन्ने भएको छ । जस अनुसार मलेसियामा र नेपालमा रहेका ट्राभल एजेन्सीहरुले हवाइ टिकट बेच्न सुरु गरी सकेका छन ।