सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणदर कम हुँदै गएपछि सरकार ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान खुला गर्न दिने निर्णयमा पुगेको हो।

https://amzn.to/4myfPN5

५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेपनि कहिलेबाट भन्ने मिति तोक्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ।

आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेको थियो। यस्तै, सरकारले ११ देशमा सातामा २७ अन्तराष्ट्रिय उडान खुला गर्ने भएको छ।

कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४/४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २/२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १/१ उडान हुने छ।

सार्वजनिक तालिका अनुसार कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान गर्ने छ। बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर