नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् । देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् ।
छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ । महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्न देउवाले चाहेका छन् ।









