कञ्चनपुर, २०७८ असार ५ गते
पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय

राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ ।

https://amzn.to/4myfPN5

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा उक्त टापुमा उनीहरु फसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला

प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरी समेतबाट संयुक्त रुपमा खटिएको

टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो ।

उद्दार गरिएका तीनै जनालाई आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर