गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको हो। प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बहुमत ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको घोषणा गरे।
मतदानमा ५८ मत खसेको थियो। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी ९जसपा० का २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे। गण्डकी प्रदेशसभा ६० सदस्यीय हो। जसमा एक सभामुख छन् भने जनमोर्चाका एक सांसद कृष्ण थापा पदमुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको मत प्राप्त नगरेको भए प्रदेशसभा विघटन हुने थियो। एमाले प्रदेशसभा विघटन गरेर मध्यावधि चुनावमा जाने पक्षमा थियो। तर मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएसँगै एमालेको चाहनामा तुषारापात भएको छ।









