आज बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सर्तकता भन्दा तलै हुने पूर्वानुमान रहेको छ । त्यस्तै कोशी जलाधारका केही स साना सहायक नदीमा क्षणिक मध्यम, भारी वर्षा भई बहाव बढ्ने र केही स साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको महाशाखाले बताएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स साना नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर