गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका छन् ।

आफ्नो ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको भन्दै मुख्य न्यायाधिवक्ता घिमिरेले आफूलाई अवसर दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

गौतमले संघीयताको कार्यान्वयन, संविधानअनुसार प्रदेशमा कानुन निमार्णमा सहजीकरण र स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण गर्न आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म प्रयास गरेको बताएका छन् ।

नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसमा कृष्ण चन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् । उनले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर