नेकपा एमाले समस्या झनै गहिरिदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा दोस्रो पटक पनि विघटन गरेपछि एमाले भित्र भाँडभैलो फैलिएको मात्रै छैन । पार्टी दुई धुव्रमा बढेको छ । एक हुने सयौं प्रयासहरु निरर्थक सावित हुँदै गएको देखिन्छ ।  एमालेका युवा नेता योगेश भट्टराईले एमाले एकताको मूल जड के हो ? किन यस्तो भइरहेको छ भन्ने प्रश्न राख्दै भित्री रहस्य पहिल्याउन खोज्ने प्रयास गरेका छन् । नेता भट्टराईका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री कमरेड कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड  झलनाथ खनाल, कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने÷ नखोज्ने तर,  महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्ने । उनीहरु नजिक हुने  । विभिन्न बिषयमा गठबन्धन गर्न तयार हुने। यो नै मूख्य कमजोरीको रहस्य हो । पार्टी एकता हुन नसक्नुको मूख्य जड भएको उनले बताएका छन् ।
यस्तै, अर्कोतर्फ कमरेड झलनाथ (जे एन) खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर, यता शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी गर्न तयार हुने अर्को कमजोरी हो ।

सत्तालगायत विभिन्न बिषयमा गठबन्धन गर्न तयार हुने । अहिले नेकपा एमाले भित्र एकता नहुने हुन नसक्नुको रहस्य यस्तो भएको नेता भट्टराईको दावी छ ।

उनले प्रतिप्रश्न गर्दै भनेका छन् , कस्ले, किन  र के का लागि गर्दैछ यो सब ?

एमाले एकताको समस्याको मुल जड यहिं छ ।

यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको तर्क उनले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर