सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकामा प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिँदै आफूले पाएको त्यही विश्वासकाे आधारमा अघि बढ्ने बताउनुभएकाे छ ।

विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराउनुभयाे । उहाँले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयाे ।

संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा नागरिकले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उहाँकाे भनाइ छ । प्रदेश सभाको कार्यकाल झन्डै डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै मुख्यमन्त्री भट्टले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणाम धमाधम आउने दाबी गर्नुभयाे ।

मङ्गलवार प्रदेश सभामा विश्वासकाे मत लिने क्रममा नेकपा एमालेको नेपाल पक्षले मत दिँदा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भट्टकाे पद जाेगिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर