
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर शितल निवासबाट बालुवाटार फर्किएका छन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै डेढ घण्टा भेट भएको हो।
प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए। त्यस लगत्तै बालुवाटारमा मन्त्रिपरिषद बैठक राखेका ओली साँझ सात बजे राष्ट्रपति भण्डारीसँग भेटका लागि शितल निवास प्रवेश गरेका थिए।