२४ बैशाख २०७८

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक/एक जना छन् ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षीय पुरुष, वडा नं. १८ का ५६ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीया महिलाको गएराति कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० कि ५४ वर्षीया महिला, वडा नं. ६ का ५४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

कैलाली टीकापुरका ४८ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर