२४ बैशाख २०७८

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–४ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानिय दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लाग्दा एकजनको मृत्यु र ८ जना घाइते बनेका हुन् ।

जिल्ला पूहरी कार्यालय गुल्मीका डिएसपी पुरुषेत्तमप्रसाद पाण्डेका अनुसार शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर