२२ बैशाख २०७८

पाल्पामा बुधबार १ सय ४८ जनामा कोरोना पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो।

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ९३ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढीमा ४, बगनासकालीमा १०, तिनाउमा ४, रम्भा १ रिब्दीकोटमा १, रैनादेवी छहरामा ३३,  रम्भा १, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ।  जसमध्य ६३३ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

५८० जना होम आइसोलेसनमा बसेका छन्। २०९५ जना निको भएर घर फर्किएका छन्। ४३ जनाको मृत्यु भएको छ।

थप एक कोरोना संक्रमितको मृत्यु 

पाल्पामा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ३ का ७८ वर्षीय पुरुष छन्। उनको यही २० गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। होम आइसोलेसनमा बसेका उनको आज मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर