२२ बैशाख २०७८

लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले येस्तो निर्णय गरेको हो ।

यो रकम  डीसीसीएमसीलाई दिइने  र सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने छ ।

कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५÷५ लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोनाका कारण आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर