
२२ बैशाख २०७८
रुपन्देहीमा आज पनि ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा रहेको पीसीआर ल्यावहरुमा १३२८ नमुना परीक्षण गर्दा ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज पनि बुटवल उपमहानगरमा जिल्लाका सबै स्थानीय तहमा भन्दा बढी संक्रमित थपिएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १३६ जना, सिद्धार्थनगरमा ६७ जना, सैनामैनामा ४३ जना र देवदहमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि कन्चन र सुद्धोधनमा १२/१२ जना, ओमसतियामा ७ जना, रोहिणी र सियारीमा ५/५ जना, गैडहवा र मायादेबीमा ३/३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ जनाको मृत्यु भएको छ ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।
आज रुपन्देहीमा २९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
जिल्लामा ४९५५ जना सक्रिय संक्रमित रहेकोमा १६४ जना लक्षण सहितका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।