२१ बैशाख २०७८

आज ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार १३१ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५ सय ७१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै देशैभरी संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त हुँदा कोरोनाबाट निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

देशभर ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ सय १६ जना आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन्

प्रतिक्रिया

सम्बन्धित खवर