२० बैशाख २०७८

रुपन्देहीमा एकैदिन ५ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सोमबार देशभर ७ हजार  ४ सय ४८ जना संक्रमित थपिदा रुपन्देहीमा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यो अवधिमा जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार थपिने संक्रमितमध्ये २ सय ५१ जना बुटवल उपमहानगरपालिका भित्रका छन्।

बुटवल पछि तिलोत्तमा नगरभित्रका १ सय २६,  सिद्धार्थनगर नगरपालिकाका ९० जना, सैनामैनाका ३२ जना र देवदहका २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर