१९ बैशाख २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् ।
प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको बताए ।

यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको  बताए ।

दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् ।

हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेकाे सदस्य नरहेकाे दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर