१८ बैशाख २०७८

बुटवलमा दुई जना कोरोना  संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीका एक जना  र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको हो ।

नवलपरासीको  रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे  मृत्यु भएको छ भने रुपन्देहीको  शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका  प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।

यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर