१८ बैशाख २०७८

रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ४ सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यस्तै  सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० रहेको स्वस्थ्य कार्यालय रुपन्देहीले जनाएकाे छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये बुटवल उपमहानगरपालिका क्षेत्रका मात्रै २ सय १६ रहेको छ ।

बुटवलमा बिहिवार १८७ जना थपिएका थिए । त्यस्तै तिलोत्तमामा ८७ जना थपिएका छन ।

सिद्धार्थनगर नगरपालिकामा ७३ जना थपिएको स्वस्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । त्यस्तै यहा हालसम्म १ सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्विनी प्रदेशमा कोरोना संक्रमण उच्च हुँदै जादा यहा रहेका बुटवल धागो कारखाना स्थीत कोरोना विशेष अस्पतालसहित ४ वटा कोरोना अस्पतालमा बिरामी भरिएका छन ।

यहाँ बुटवलको कोरोना अस्पताल, भीम अस्पताल, भेरी अस्पताल, बेलझुण्डि कोरोना विशेष अस्पताल रहेका   छन । लुम्विनीमा बाँके र रुपन्देहीमा संक्रमण दर उच्च रहेको    छ ।

प्रतिक्रिया

सम्बन्धित खवर