१७ बैशाख २०७८

१९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । बाँकेमा वैशाख १३ बाट, सुर्खेतमा १४ गतेबाट,  कास्कीमा १५ गतेबाट।

https://amzn.to/4myfPN5

यसैगरि  काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देहीमा १६ गते बाट ।  १७ गते बाट  दाङ र पाल्पामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् ।

वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।

बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ । वैशाख ७ बाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थ्ति रेङगिलमा वैशाख १० बाट निषेधाज्ञा जारी छ । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ,  राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर