१७ बैशाख २०७८

जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा लागू हुने उल्लेख गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर (सेकेन्ड वेभ) मा दिन प्रतिदिन समुदायमा कोरोना संक्रमित हुन थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वैशाख १७ गते (शुक्रबार) मध्यराति १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
उक्त समयवधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० वर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यकबाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ ।
अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

सरकारी, बैक, वित्तीय, विमालगायत कार्यालयहरुबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर