
१७ बैशाख २०७८
काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका प्रहरी सामुहिक रुपमा खटिने भएकाले पनि उनीहरुमा जोखिम बढेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको बताए ।