१० बैशाख २०७८

नेकपा एमाले नेता वामदेव गौतमले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको नाममा बनाइएको स्थायी कमिटी गठनको कुनै अर्थ नहुने बताएका छन्।

https://amzn.to/4myfPN5

आफू निकटहरूसँग गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गठन गरेको स्थायी कमिटी बैठकमा आफूलाई राख्नुको कुनै अर्थ नरहेको समेत बताएका छन्।

‘मेरो व्यक्तिगत रूपमा केपी ओलीसँग विशेष सम्बन्ध छ। तर उहाँले गरेको सांगठनिक निर्णयमा मेरो असहमति छ,’गौतमको भनाइ उदृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले  भने,’म महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हो। मेरो उपाध्यक्ष पद खोस्ने अधिकार कसैसँग छैन।’

शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ।

खनाल-नेपाल पक्षले बहिष्कार गरेको बैठकमा ओलीले आफू निकटका नेतामात्रै रहने स्थायी कमिटी गठन गरेका हुन्।

स्थायी कमिटी गठनको निर्णयलाई वरिष्ठ नेता झलनाथ खनालले भारदारी सभाले भारदारहरू नियुक्त गर्नु नौलो नभएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर