९ बैशाख २०७८

पछिल्लो २४ घण्टामा देशभरि थप २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी जम्मा २ हजार ४ सय २८ जना नयाँ संक्रमित भेटिएका हुन्।

त्यस्तै आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म ३ हजार १ सय १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज २ सय ५२ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ।

हाल देशभरको संस्थागत क्वारेन्टाइनमा ८१ जना रहेको र देशभर १३ हजार ६ सय ९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर