
७ बैशाख २०७८
कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेसँगै सरकारले विभिन्न सेवा क्षेत्रहरुमा प्रतिवन्ध लगाएको छ । यसैबीच बाँके जिल्लामा लक डाउन लगाउने निर्णय भएको छ । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ९ गते बिहीबारबाट जिल्लामा लक डाउनको निर्णय गरेको हा ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो ।
पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ।