५ बैशाख २०७८

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर