
३बैशाख २०७८
बाँकेको कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते भएका छन् ।
उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । बसमा ४७ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अवस्था सामान्य छ ।