३ बैशाख २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई ओलीको फोन आएको जानकारी गराएका थिए ।
तर उनले कुन विषयमा छलफल गर्न बोलाएको भन्नेबारे जानकारी दिएनन् ।