२ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार ओली र ठाकुरबीच आज दिँउसो भेटवार्ता भएको हो । भेटबाट कुनै निष्कर्ष ननिस्केपनि पार्टीले उठाएका मागहरु प्रति प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए ।

जसपाले जेलमा रहेका रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ ।

आजै कार्यदलको पनि बैठक बस्नेछ । दिउँसोको अनौपचारिक छलफलमा पनि कार्यदलका सदस्यहरू थिए ।

कार्यदलमा सरकारका तर्फबाट दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल राजन भट्टराई छन् । जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र कर्ण रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर