
२ चैत्र २०७८
बाँके र मोरङमा गरि थप २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मोरङको वीराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।
यस्तै कोरोना संक्रमणबाट बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो ।