१ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन्।

https://amzn.to/4myfPN5

लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार काठमाडौंमा प्रधानमन्त्री ओलीले केही मान्छेहरूले सत्ता कब्जा गर्नका लागि, आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन् ।

संविधान, व्यवस्था र नागरिकको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका ईच्छा र आकाङ्क्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरूले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको उनले बताए।

अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने ओलीले बताए ।

‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन् ।

प्रतिगमन भयो भनेर । अहिले त्यस्तै केही स्याल हुइँया चलाउने मान्छेहरू छन् ।

के हो प्रतिगमन भनेको ? यिनीहरूले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो ?’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर