३० चैत्र २०७७

धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका ३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको आइतबारमात्रै परीक्षण गर्दा कोराना पुष्टि भएको थियो ।

गएरातिदेखि अस्पताल भर्ना भएका उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।

एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर