२७ चैत्र२०७७

नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा बादल दलबाट निष्कासित भएका छन् ।

गृहमन्त्री समेत रहेका राष्ट्रियसभा सदस्य थापा माओवादी केन्द्रबाट निष्कासित भएका हुन् ।

राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ।

थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन्।

थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए।

माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ ९१० अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी चार मन्त्रीलाई कारबाही गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर