२५ चैत्र २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्वर्गीय जोशीकोे १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले जोशीमा नेतृत्व गर्न सक्ने क्षमता थियो भन्दै जोशीको निधनले आफुहरुले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।

फरक प्रसंगमा सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जिकिर गर्नुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै उहाँले थालेका कामलाई सबै मिलेर पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर