२४  चैत्र २०७७

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्।

राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका थिए ।

राजीनामा दिएपछि उनीहरु गाडी छोडेर हिडेर संसदीय दलको बैठकमा सहभागि  भएका थिए ।

राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् ।

एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्मा बुझाएपछि हाल प्रदेशसभामा ३९ जना सांसद   छन् ।

यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार