२४ चैत्र २०७७

नेपाल पत्रकार महासङ्घको बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घले आह्वान गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व सबैको काँधमा रहेको जनाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको रक्षाका लागि सङ्गठित हुनुपर्नेमा जोड दिइएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जीएम    हुनुहुन्छ ।

सो गठबन्धनका तर्फबाट विपुल पोखरेल, प्रेस चौतारी नेपाललगायतको गठबन्धनबाट निर्मला शर्मा र पत्रकार गजेन्द्र बुढाथोकीले आ–आफ्नो समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महासङ्घको केन्द्र, प्रदेश र शाखाको निर्वाचन भोलि बुधबार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर