२३ चैत्र २०७७

नेकपा एमाले सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गरेका छन्।

https://amzn.to/4myfPN5

सोमबार बसेको संसद बैठकमा बोल्दै उनले भने, ‘चुनाव अगाडि गठबन्धन बनाए, चुनाव जितेपछि एकीकरण गराए, सरकार बनाउँदा आधा कार्यकाल मागे, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडे, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागे, संसद विघटन गरेर परिवर्तनको घोषणा गरे, निर्वाचनको घोषणा गरे, लोकतन्त्र संकटमा पर्‍यो भनेर कराए, प्रतिगमन भयो भनेर चिच्याए, आन्दोलन गराए, मिसन मिडिया चलाए, वकिल, नागरिक समाज उचाले, अदालत गुहारे, निर्वाचन आयोग धाए, माइतीघर मण्डलमा सूर्यको चिन्ह लगाए, सेटिङको हल्ला चलाए, संसदीय दलको नेता बने, अध्यक्ष घोषणा गरे, ११ गतेको फैसलाले मख्ख परे, लड्डु खाए, अबिर दले, कांग्रेस र जसपाको अफिस धाए, नागरिक समाजको डबली धाए।’

त्यसपछि २३ गतेको फैसलापछि प्रचण्डहरू आफ्नो साइजमा आएको उनले बताए। विश्वासको मत फिर्ता लिने र अविश्वासको प्रस्ताव ल्याउने भने पनि उनीहरू निरीह भएको बस्नेतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर