२२ चैत्र २०७७
ओली सरकारको बिस्थापन र नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस तातेको छ ।
तर सत्ता सहकार्यको लागि अगुवाई गर्दै आएको नेकपा माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिन भने अलमल गरिरहेको छ ।
पटक–पटक सरकारलाई दिएको समर्थन लिने भनेर प्रचारवाजी गरे पनि किन अलमल भइरहेको छ भन्ने बिषयमा प्रश्न उठिरहेको छ ।
सरकारलाई दिदै आएको समर्थन फिर्ता लिन आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको भएपनि तयारी नपुगेको भन्दै स्थगित भएको छ ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आइतवार ११ बजेका लागि बैठक बोलाएको थियो ।
तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको बताइएको छ ।
काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी कायमै राखेको छ ।
माओवादी, काँग्रेससहित जसपासँग मिलेर सत्ता सहकार्य गर्ने बिषयमा छलफल र बहस चलिरहेकोे छ