२२ चैत्र २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको  छ । केही  नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै स्थगित गरिएको हो ।

अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले जानकारी दिए ।

केन्द्रका अध्यक्ष दाहालले शनिबार कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए ।

शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् ।

तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ ।

ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर