२० चैत्र २०७७

विज्ञापन बोडएको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्का थिए ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर