२० चैत्र २०७७

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुनेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले आगामी भदौ ७ गते १४औँ महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन।

सबै जिल्लाको विवरण अध्यावधिक गर्ने काम समेत अहिलेसम्म सम्पन्न भएको छैन।

यस्तै‚ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा आफ्नो ठोस धारणा तय गर्न सकेको छैन।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेको अवस्थामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने दबाबमा कांग्रेस रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर